विषाक्त रक्सी सेवन गर्दा २६ जना मरे



११ पुष २०७६, काठमाडौं

विषाक्त रक्सी सेवनका कारण मङ्गोलियामा २६ जनाको ज्यान गएको छ।

राजधानी उलान बाटोरमा पछिल्लो एक महिनामा २६ जनाको मृत्यु भएको अधिकारीहरुले शुक्रबार बताएका छन्। ‘यो डिसेम्बर महिनामा मात्रै रक्सी सेवनका कारण मृत्यु हुनेको संख्या नाटकीय रुपले बढेको छ’ प्रान्तीय प्रहरी विभागका प्रमुख लखामा अमुर्मुरुमले भनेका छन्, “उनीहरु मध्ये अधिकांशको नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएर रक्सी सेवन गर्दा मृत्यु भएको हो।”

मङ्गोलियामा नयाँ बर्षको पूर्वसन्ध्यामा निजी तथा सार्वजनिक तवरबाट खानपिनसहितका विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने चलन छ। यस्ता कार्यक्रम रेष्टुँरा, रात्री क्लब, बारलगायतमा ठूलो संख्यामा आयोजना गरिन्छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्