युथ डेमोक्रेसी क्याम्प सम्पन्न



११ पुस २०७६, काठमाडौं

युवाहरुको क्षमता अभिबृद्धी गर्ने उद्देश्यले युथ एड्भोकेसी नेपालले एफएचआई ३६०, एक्सन ऐड नेपाल तथा साड्रेड नेपालसँगको सहकार्यमा काठमाडौंमा युथ डेमोक्रेसी सम्पन्न गरेको छ ।

क्याम्पमा युवाहरुलाई प्रशिक्षण गर्दै प्रोफेसर लोकराज बरालले भने, “नेपालमा लोकतन्त्रको ठाँउ चुनावीतन्त्रले (ईलेक्ट्रोक्रेसी) लिएको छ, यसको सामधानको लागि युवाहरुको सचेत हस्तक्षेप आवश्यक छ” उनले अगाडी भने, लोकतन्त्र आवधिक निर्वाचन मात्र होईन, यो जिवन पद्धती र संस्कृती पनि हो । लोकतान्त्रिक ब्यवस्थाको बिकल्प असल लोकतान्त्रिक व्यवस्था नै हो भन्ने वरालको दाबी थियो ।

युवाहरुलाई प्रशिक्षण गर्दै राजनीतिक विश्लेषक उज्जवल प्रसाईले भने, “लोकतन्त्रको सुदृढीकरणको लागि प्रत्येक परिवारको लोकतान्त्रिकरण आवश्यक छ । पदसोपान र असमान शक्ति वितरण भएको विद्यमान परिवारको संरचनाले लोकतन्त्रलाई मजवुत वनाउन सक्दैन ।” उनले अगाडी भने, विश्वविद्यालय र संचार क्षेत्रमा लोकतान्त्रिक स्पेस निरन्तर खुम्चदै गएको छ । विश्व विद्यालयहरुको राजनीतिकरण गर्नुपर्ने ठाँउमा दलियकरण गरेकोमा उनको आलोचनान्तक टिप्पणी थियो । प्रत्येक ब्यक्तिले अर्को व्यक्तिको मान, मर्यादा र प्रतिष्ठालाई मध्यनजर गर्दै संवादको संस्कृती बढाउन सक्दा बिद्यमान लोकतन्त्रक ब्यवस्थामा देखिएका चुनौतीहरुलाई सामधान गर्न सकिने उनको दाबी थियो ।

तीन दिनसम्म संचालन भएको क्याम्पमा राजनीति विश्लेषक युग पाठक, डा. ईन्द्र अधिकारी, नरेन खतिवडा, प्रेम राज ओझा, टंक अर्याल, विसाल राना मगर, गणेश धामी, तिर्थराज कोईराला लगायतका व्यक्तित्वहरुले लोकतन्त्रको अवधारणा, सिविक स्पेस, प्राकृतिक प्रकोप न्युनिकरण तथा मानवीय सहयोग, पैरवीका रणनीतिहरु जस्ता महत्पूर्ण सबालहरुमा प्रशिक्षण गरेका थिए । क्याम्पमा विभिन्न क्षेत्रका २८ जना युवाहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्