
११ पुष २०७६, काठमाडौं
फोहोर बोकेको टिपर दुर्घटना हुँदा चालक र सह-चालकको मृत्यु भएको छ।
शुक्रबार बिहानै फोहोर बाकेर सिसोडतर्फ जाँदै गरेको टिपर दुर्घटना हुँदा टिपरका चालक र सह-चालकको घटनास्थलमै मृत्यु भएको हो। ‘क्लीन नेपाल’ नामक कम्पनीको फोहोर बोक्ने ना २ क ३३८ नम्बरको टिपर ताकेश्वर नगरपालिकालको जितपुरमा दुर्घटना भएको थियो।
दुर्घटनामा टिपर चालक माइला लामा र सहचालक कमल तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। फोहोर लिएर शुक्रबार बिहान उक्त टिपर बालाजुबाट नुवाकोटको सिसडोलतर्फ जाँदै गर्दा टिपर दुर्घटनामा परेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार तिव्र गतिका कारण टिपर दुर्घटनामा परेको बताइएको छ। टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो।
फाइल तस्वीर





