सूर्य ग्रहण हेर्नै पाएनन् मोदीले !



११ पुष २०७६, काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बादलका कारण सूर्य ग्रहण हेर्न नपाएको उल्लेख गरेका छन्।

विशेष चस्मा प्रयोग गरी सूर्य ग्रहण हेर्ने प्रयास गरेपनि बादलको कारण आफ्नो प्रयास सफल हुन नसकेको मोदीको भनाई छ। बिहीबार (हिजो) लागेको सूर्य ग्रहण अवलोकनका लागि नयाँ दिल्लीस्थित आफ्नो सरकारी आवासको बगैंचामा पुगेका मोदीले बादलका कारण सूर्य ग्रहण हेर्न नसकेका हुन्।

उनले प्रत्यक्ष रुपमा सूर्य ग्रहण नहेरेपनि केरेलाको कोझिकोडे लगायत देशका विभिन्न भागबाट देखिएको ग्रहण झलक प्रत्यक्ष प्रसारणबाट अवलोकन गर्न पाएको उल्लेख गरेका छन्।

प्रत्यक्ष रुपमा सूर्य ग्रहण अवलोकन गर्न नपाएपछि मोदीले माइक्रो ब्लगिङ साइट ट्वीटरमा लेखेका छन्, ‘धेरै भारतीयजस्तै म पनि सूर्य ग्रहणलाई लिएर उत्साहित थिएँ। दुर्भाग्यबश् बादलका कारण सूर्यलाई देख्न पाइनँ, तर कोझिकोडे तथा अन्य भागबाट देखिएको ग्रहणको झलक प्रत्यक्ष प्रसारमा हेरें। विशेषज्ञहरुसँग कुराकानी गरेर ग्रहणबारेको आफ्नो ज्ञानलाई अझै समृद्ध पारें।’

प्रतिक्रिया दिनुहोस्