सभामुखबारे सहमति जुटेनः प्रतिनिधि सभा बैठक स्थगित



११ पुष २०७६, काठमाडौं

शुक्रबार (आज) बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधि सभाको निर्धारित बैठक स्थगित भएको हो। आज १ बजेको लागि कार्यसूची समेत तय भइसकेको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो।

प्रतिनिधि सभाको अर्को बैठक १६ पुषमा बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्