मेची–महाकाली रेल मार्गः निजगढ–बर्दिबास खण्डमा मुआब्जा वितरण सुरु



११ पुष २०७६, काठमाडौँ

मेची–महाकाली विद्युतीय रेल मार्ग अन्तर्गत निजगढ–बर्दिबास खण्डमा ट्र्याक निर्माण कार्यका लागि सरकारले रौतहटमा अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरण सुरु गरेको छ ।

रेल तथा मेट्रो विकास आयोजना सिमरा बर्दिबास खण्ड साइट कार्यालय बर्दिबासबाट मुआब्जा दिन सुरु गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारीअनुसार रेल मार्गमा पर्ने जिल्लाको ५० बिघा अर्थात ३३० कित्ताभन्दा बढी जग्गा अधिग्रहण गरिएको छ ।

जसमध्ये प्रक्रिया पूरा भएका जग्गाधनीलाई मुआब्जाबापतको रकम साइट कार्यालय बर्दिबासबाट वितरण सुरु भइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीमा शर्माले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्