सुराकीलाई अधिकतम २५ लाखसम्म



११ पुष २०७६, काठमाडौँ

राजस्व चुहावट नियन्त्रणका लागि सुराकीका नाममा हुने विकृति अन्त्य गर्न सुराकीका नाममा हुने विकृति अन्त्य गर्न सुराकीको रकम अधिकतम २५ लाखसम्म रहने सरकारले बताएको छ ।

राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण (पहिलो संसोधन) विद्येयकमार्फत सुराकी गरेबापत दिइने रकम २५ लाख रुपैयाँभन्दा माथि नहुनेगरी राखिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

सरकारी कर्मचारी र सुरक्षाकर्मीले आफ्नै परिवारका सदस्यलाई सुराकीका रुपमा प्रयोग गर्ने क्रम बढेकाले सरकारले यसमा कडाइ गर्न लागेको हो ।

राष्ट्रिय सभाको बिहिबारको बैठकमा खतिवडाले सुराकीलाई पेशा नै बताउने काम भएको भन्दै त्यसलाई रोक्न रकम नै तोकिएको जानकारी दिए । यो समाचार आजको आर्थिक अभियानमा छ ।

प्रतिक्रिया दिनुहोस्