
१० पुस २०७६, काठमाडौं
काभ्रेको बासडोलमा कारखाना राखी उत्पादन सुरु गरेको गोर्खा इको रेड व्रिक्स प्रालिबाट उत्पादित गोर्खा चाइनिज इट्टाको स्ट्रेन्थ वढेको छ । ललितपुरको कुपण्डोलस्थित मल्टिल्याब प्रालिमा ६ वटा इट्टा नमूनाको रुपमा टेष्ट गर्दा औसतमा १४ एमपीए पाइएको हो । सिनियर जियोटेक्निकल इन्जिनियर प्राडा रामकृष्ण पौडेलका अनुसार इट्टाको टेष्ट गर्दा घटीमा १४ दशमलब पाँंच एमपीए पाइएको छ ।
यसअघि ख्वप कलेज अफ इन्जिनियरिमा गरेको कम्परेन्सिभ स्ट्रेन्ट टेष्टमा कम्पनीका १० एमपीए देखिएको थियो । त्यसबेला इट्टाहरु घटीमा पनि १० दशमलब २३ एमपीए पाइएको थियो । गुणस्तरीय इट्टा हुनका लागि एमपीए न्युनतम पनि पाँंच एमपीए हुनुपर्छ । विद्यार्थीले इट्टाको गुणस्तरको विभिन्न पक्षकाबारेमा टेष्ट गरेका थिए ।

टनेल क्लिन प्रविधिमा इट्टा पोली चाइनिज इट्टाको उत्पादन सुरु गरेको यो उद्योगको इट्टाको आकार साढे नौ इन्च लम्वाई, साढे चार इन्च चौडाई र सवा दुई इन्च मोटाइको रहेको छ । यो इट्टा तुलनात्मक रुपमा अझ बढी मजबुत, सबैतिर सीधा आकार मिलेको र स्मुथ फिनिसिङको हुने कम्पनीको दाबी छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराम देउपालाका अनुसार यो प्रविधिबाट इट्टा बनाउँंदा काँंचो इट्टालाई घाममा नसुकाई ड्राइ टनेलमा पठाई इट्टालाई सुकाइन्छ । यसपछि फायर टनेलमा आठ सयदेखि नौ सय डिग्रीसम्मको तापक्रममा राखेर इट्टा पोल्ने गरिन्छ । फायर्रिग टनेलमा भएको तातो हावालाई डाइ टनेलमा लगी काँंचो इट्टा सुकाउने गरिन्छ । यसका लागि तापक्रम नाप्न तापक्रम मापन यन्त्र (थर्माेमिटर) पनि जडान गरिएको छ । थर्माेमिटरमा तापक्रम हेरी आवश्यकता अनुसार कोइला थपी इट्टा पोल्ने गरिन्छ । यसले गर्दा इट्टा एकनासले पाकेर निस्किन्छ ।





