जापानमा चिनियाँ नागरिकलाई फाँसीको सजाय !



१० पुष २०७६, काठमाडौं

जापानमा चारजनाको परिवारको हत्याका दोषी चिनियाँ नागरिकलाई फाँसीको सजाय सुनाइएको छ ।

४० वर्षीय चिनियाँ नागरिक वेइ वेइलाई मृत्युदण्डको फैसला सुनाइएको हो । जुन् २००७ पछि विदेशीलाई मृत्युदण्ड सुनाइएको पहिलो घटना हो । स्थानीय मिडियाका अनुसार ती चिनियाँ नागरिकले २००३ मा अन्य दुई चिनियाँ साथीसँग मिलेर जापानमै चारजनाको परिवारको हत्या गरेका थिए ।

तर हत्यामा संलग्न दुई चिनियाँ भने भागेर चीन पुगिसकेको बताइएको छ । तर ती दुई चीनमै समातिएका थिए । एकजनाले भने चीनमै मृत्युदण्डको सजाय पाइसकेका छन् । सजेन्सी

प्रतिक्रिया दिनुहोस्