‘म्यान्चेस्टर युनाइटेडको खेल र बुढो मान्छेको सेक्स उस्ताउस्तै’



१० पुस २०७६, काठमाडौं

म्यान्चेस्टर युनाइटेडका पूर्व खेलाडी एरिक कान्टोनाले म्यान्चेस्टर युनाइटेडले बुढो मान्छेले सेक्स गर्न खोजेजस्तो फुटबल खेलिरहेको बताउँदै यसले निराशा मात्र ल्याउने टिप्पणी गरेका छन् ।

ओले गनर सोल्कसायरको टोलीले स्थिर खेल प्रदर्शन गर्न नसक्दा यो सिजन पनि प्रिमियर लिगमा संघर्षरत छ । १८ खेलपछि युनाइटेड लिगको आठौँ स्थानमा सिमित रहेको छ ।

सर एलेक्स फर्गुसनले सन् २०१३ मा क्लबबाट बिदा लिएपछि युनाइटेडले लिग उपाधि जित्न सकेको छैन ।

युनाइटेडका म्यानेजर सोल्कसायरले आफ्नो टोली लिभरपुलजस्तै उत्कृष्ट हुनुपर्नेमा जोड दिएका थिए ।

तर, पाँच वर्ष क्लबमा बिताएर फर्गुसनको नेतृत्वमा चारवटा प्रिमियर लिग उपाधि जितेका एरिक भने अहिलेको टोली फ्यानहरुलाई उत्साहित बनाउने र उपाधिका लागि दाबेदारी प्रस्तुत गर्ने स्तरभन्दा धेरै पछाडि रहेको जिकिर गर्छन् । फ्रान्सका पूर्व खेलाडीले सोल्कसायरको टोलीले खेलेको हेर्नुमा कुनै मज्जा नै नरहेको टिप्पणी गरे ।

‘अहिले म्यान्चेस्टर युनाइटेडले खेलेको हेर्दा लाग्छ कुनै बुढो मान्छेले सेक्स गर्न खोजेको जस्तो लाग्छ । उसले सकेसम्म प्रयास गर्छ तर अन्त्यमा निराशाबाहेक केही हात लाग्दैन ।’

उनले ठट्टा गर्दै थपे, ‘बुढो मान्छेको कुरा गरिरहँदा त्यो म भने होइन । त्यो विम्ब मात्र हो ।’

प्रतिक्रिया दिनुहोस्