
१० पुस २०७६, काठमाडौं
गायक रामकृष्ण ढकालले पत्नी निलमसँग सम्वन्धविच्छेद गरेको खबरले सामाजिक सञ्जाल तात्तिएको छ ।
डिभोर्सको कारण के होला भन्ने विषयमा विभिन्न अड्कलवाजीहरु चलिरहँदा रामकृष्णले श्रीमती निलम शाह ढकालसँग डिभोर्स भएको कुरा अस्वीकार गरेका छन् । उनले भन्नेहरुले जे भनेपनि आफूहरुको सम्बन्ध कहिल्यै नमर्ने सामाजिक सञ्जालमार्फत बताएका छन् ।
उनले सामाजिक सञ्जालमा बुधबार लेखेका छन्, ‘अरुले के भन्छन्,त्यसमा कुनै सरोकार छैन, हाम्रो सम्बन्ध कहिल्यै मर्दैन ।’
परिवर्तन खबरसँगको कुराकानीमा पनि रामकृष्णले आफूहरुको डिभोर्स भएको स्वीकार गरेनन् । यद्यपि, अदालतले यसलाई पुष्टि गरिसकेको छ ।





