राई र यादवको राजीनामापछि कार्यभार प्रधानमन्त्रीलाई



०९ पुष २०७६, काठमाडौं

उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई तोकिएको छ।
राई र यादवको राजीनामा स्वीकृत [विज्ञप्तिसहित]
राष्ट्रपति कार्यालयद्वारा बुधबार जारी विज्ञप्तिअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले यसरी प्रधानमन्त्रीलाई जिम्मेवारी तोकेकी हुन्।

नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम राजीनामापछि प्रधानमन्त्रीकै सिफारिशमा जिम्मेवारी तोकिएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्