‘राजपा सरकारमा गएर आत्महत्याको बाटो नरोजोस्’



०९ पुष २०७६, काठमाडौं

समाजवादी पार्टीका एक अध्यक्ष उपेन्द्र यादवले राजपा सरकारमा गएर आत्महत्या नगरोस् भन्ने चाहेको बताएका छन्।

उनले बुधबार समाजवादीको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो बताएका हुन्। उनले राजपाले सरकारमा जाने आत्मघाती कदम उठाउला भन्ने आफूलाई विश्वास नभएको बताए। “सरकारले संविधान संशोधन गर्दैन स्पष्ट भइसकेको छ। यस्तो बेलामा सरकारमा जानु भनेको आत्मघाती कदम नै हो। त्यसैले राजपा सरकारमा गएर आत्महत्या नगर्ला।” उनले भने, ‘राजपाले हिजोसम्म सरकारमा नजाने भन्दै आएको छ। आज उल्ट्याएर जाने हो भने उनीहरूको नैतिकताको कुरा हो।’

यादवले सरकारमा जाने–नजाने राजपाको स्वतन्त्रताको कुरा पनि भएको स्पष्ट पारे। राजपासँगको एकीकरण हुन्छ त भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष यादवले भने, “राजपा सकारात्मक रूपले अघि बढ्ने हो वा नकारात्मक रूपले त्यसैले निर्धारण गर्छ।” यस्तै उनले समाजवादी पार्टी प्रतिपक्षीको भूमिकामा रहेर संविधान संशोधनका लागि संघर्ष गर्ने बताए।

संविधान संशोधन आफूहरुको मिसन भएको बताउँदै उत्पीडनमा परेका वर्गहरूको अधिकारका लागि संघर्ष जारी रहने उल्लेख गरे।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्