भागेका चिनियाँहरु गंगालाल अस्पताल पछाडि यसरी…



०९ पुष २०७६, काठमाडौं

गत सोमबार प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा छापा मार्दा भागेका चिनियाँहरु गंगालाल अस्पताल पछाडिको सेल्टरमा शरण लिन पुगेको सुक्ष्म अनुसन्धानबाट पत्ता लागेको छ।

बाँसबारीस्थित नेपाली सेनाको रिपुमर्दनी स्कूल र गंगालाल मुटु रोग केन्द्रबीच एकजना तिब्बतीको घरलाई उनीहरूले आकस्मिक आश्रयस्थल बनाएका हुन्। यसअघि सो घरमा अल्टरनेटिभ फर्निचर तथा झ्यालढोका बनाउने गरिन्थ्यो।
७० भन्दा बढी विदेशी काठमाडौंमा पक्राउ, अधिकांश चिनियाँ
केही दिनअगाडि सो कारखाना भाटभटेनी नजिक सरेपछि उक्त भवन रिक्त थियो। त्यसलाई १० तले होटल बनाउने तयारी छ। गत ७ गते काठमाडौंको विभिन्न स्थानबाट शंकास्पद चाईनिजहरूलाई छापा मार्ने क्रममा भागेकामध्ये केही भागेर रातारात त्यो घर र सँगै पश्चिमपट्टीको अन्य घरमा छिर्न पुगेका हुन्।

यसरी भागेर त्यहाँ पुग्नेको संख्या ४०/५० जनाको बीचमा रहेको र घर मुलीले बा १ च ९९६६ को फर्चुनर गाडी प्रयोग गर्ने गरेको बताइएको छ। भगौडामध्येका २/३ जना बेलाबखत नजिकै बाटोमा मधेशीले साइकलमा राखेको फलफूल र अस्पतालअगाडि मेडिकलबाट मास्क किन्न निस्कने गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्