आफ्नो देशको नागरिक नेपालमा पक्राउपछि चीनले भन्योः ‘दुई देशका प्रहरीको महत्वपूर्ण कारबाही’



०९ पुष २०७६, काठमाडौं

चीन सरकारले सोमबार काठमाडौंमा चिनियाँ नागरिकहरु पक्राउ गरिएको घटनालाई ‘दुई देशका प्रहरीको महत्वपूर्ण कारबाही’ भएको बताएको छ।

मंगलबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता कङ सुआङले सीमापार साइबर अपराधमा संलग्न रहेका चिनियाँहरुविरुद्ध नेपाल र चिनियाँ प्रहरीले संयुक्त कारबाही चलाएर पक्राउ गरिएको बताएका हुन्।

उनले आफूसँग रहेको सूचनाअनुसार पक्राउ गरिएका चिनियाँहरु सीमापार साइबर अपराधका शंकास्पद व्यक्तिहरु रहेको र त्यस सम्बन्धमा अनुसन्धान भइरहेको उल्लेख गरेका छन्।

‘यो चिनियाँ र नेपाली प्रहरीको सहयोगमा सन्चालन गरिएको एक महत्वपूर्ण अपरेसन हो’–उनले भने। प्रवक्ता कङले चीनले सीमापार अपराध नियन्त्रण सँगसँगै धेरै क्षेत्रमा सहकार्य गरेर दुई देश अगाडि बढ्ने बताएका छन्।Agency

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्