वडा कार्यालयमा आगजनी



०९ पुष २०७६, काठमाडौं

रुकुमको आठबीसकोट नगरपालिका वडा नं-१० को कार्यालयमा आगलागी भएको छ । मंगलबार राती अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको प्रहरीले जानकारी दिएको छ।

आगजनीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजात पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकरी दिए । आगलागी भएको जानकारी पाउने वित्तिकै इलाका प्रहरी कार्यालय राडी बजारबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

आगजनीबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खड्कले बताए । प्रहरीले विप्लव समूहको संलग्नता रहेको हुनसक्ने अनुमान गरेको छ । अहिलेसम्म घटनाको कसैले पनि जिम्मा लिएको छैन।

 

प्रतिक्रिया दिनुहोस्