क्रिसमस इभ मनाउन रिसोर्ट पुगेका एकै परिवारका ३ सदस्यको डुबेर मृत्यु



०९ पुष २०७६, काठमाडौं

स्पेनको कोस्टा डेल सोल रिसोर्टमा क्रिसमस बिदा बनाउन गएका एकै परिवारका तीनजना सदस्यको डुबेर मृत्यु भएको छ ।

रिसोर्टका मालिकले एक वक्तव्य जारी गर्दै क्लब ला कोस्टा वर्ल्डको स्विमिङ पुलमा उनीहरुलाई क्रिसमसको पूर्व सन्ध्यामा डुबेको अवस्थामा भेटिएको जानकारी दिए ।

जानकारीका अनुसार बेलायतकी ९ वर्षीया बालिकालाई पानीभित्र समस्या हुँदा उनका दाइ र बुवाले बचाउन खोजेका थिए ।

बुवा र छोरी दुबै बेलायती थिए भने दाइ अमेरिकन भएको बुझिएको छ

प्रतिक्रिया दिनुहोस्