ओली, प्रचण्ड र देउवाबीच भेटघाट



०८ पुष २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता संवैधानिक परिषद् बैठक र शान्ति प्रक्रियासँग सम्बन्धित रहेको स्रोतले जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग नियमित भेटवार्ता अन्तर्गत नै भेटेको बताए।

संवैधानिक परिषद्को बैठक, विभिन्न निकायको नियुक्ती, शान्ति प्रक्रिया पुरा गर्न गठन हुनुपर्ने आयोगका पदाधिकारी नियुक्ती लगायतका विषयमा छलफल भएको स्रोतको भनाई छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्