सत्यतथ्यमा आधारित समाचार प्रकाशन गर्न नगरप्रमुख उद्धव खरेलको अनुरोध (प्रेस विज्ञप्ति सहित )



०८ पुष २०७६, काठमाडौं

बूढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत कुमार कोइराला व्यक्तिगत ईच्छाले सरुवा भई गएपछि केहि स्थानीय अनलाईन पत्रिकाहरुले उनको सरुवालाई लिएर अनुमान र आशंकाको आधारमा नगरपालिकामा कार्यरत कर्मचारीहरुको चरित्र हत्या गरेको भन्दै नगरप्रमुख उद्धव खरेलले विज्ञप्ति प्रकाशन गरी खेद प्रकट गरेका छन्।

नगरप्रमुख उद्धव खरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ-भ्रष्टाचार जस्तो गम्भीर र गैरकानुनी कार्यहरुमा आधारहिन अफवाह, भ्रम सिर्जना गरी यस नगरपालिकाको जनप्रतिनिधि र कर्मचारीहरुलाई विधुतीय संचार माध्यमबाट समाचार सम्प्रेषण गरिएको प्रति नगरपालिका खेद प्रकट गर्दछ। कुनै पनि समाचार लेखी प्रचारप्रसार गर्नुअघि सत्यतथ्यमा आधारित हुनु अति नै जरुरी छ। देशको चौथो अङ्गको रुपमा मान्यता पाएको जिम्मेवार संचार जगतले व्यक्तिगत तथा संस्थागत हिसाबले धक्का पुर्याउने नियत राखी कसैको व्यक्तिगत चरित्र, आचारण, नैतिकता वा ख्यातीलाई होच्याउने गरी चरित्रहत्या गर्नु निश्चय नै वाञ्छनीय हुँदैन।

कतिपय अवस्थामा व्यक्तिगत सम्बन्ध र स्वार्थका आधारमा लेखिएका यस्ता समाचारहरुले जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुको मनोबल घट्ने भई विकास निर्माणमा असर पर्ने भएकोले बिना तथ्य कुनैपनि समाचार सम्प्रेषण गर्नु नहुने नेकपाका एक जिल्ला सदस्यले परिवर्तन खबरलाई बताए।

नगरप्रमुख उद्धव खरेलले जारी प्रेस विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्