डा. भट्टराई र महानगर प्रमुखद्वारा कामपा ७ को स्थलगत अनुगमन (फोटो फिचर)



०७ पुस २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सहित काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, नेकपा प्रदेश नं ३ का सदस्य निर्मल कुईकेल, कामपा ७ का वडाध्यक्ष शुद्ध कुमार डंगोल, वडासदस्य निर्मला पुडासैनी, कृष्णमणी भट्टराई, कृष्णप्रसाद घिमिरे, चन्द्रकला सुन्दास लगायतले कामपा वडा नं ७ को विभिन्न स्थानमा भईरहेका विकास निर्माणको स्थलगत अनुगमन गरेका छन् ।

स्थलगत अनुगमनका क्रममा ५० जना भन्दा बढि फरक क्षमता भएका तथा बृद्धाहरु राखेको संस्थाले वार्षिक ४ लाख भन्दा बढि कर तिर्न समस्या भएको र सोही कर छुट गर्न महानगरलाई अनुरोध गरेको थियो । त्यसैगरि मित्रपार्कबाट शुरु गरिएको अनुगमनमा उमाकुण्ड मार्ग वरपर निर्माणाधिन सडक, ढल, खानेपानी तथा रिटेलिङ वाल लगायतको निरीक्षण गरिएको थियो ।

जनप्रतिनिधिको टोलीले गौरीनगर मार्गको सडक ढलान र पानी जाने स्ल्याब राखेको, मैजुबहाल मार्ग सडक निर्माण अवलोकन गर्दै सडकका पोलहरु कसरी कहिले सार्ने लगायतका विषयमा सरोकारवालासँग छलफल गरेका थिए ।

वडा नं.७ मा रहेको पशुपति मित्र मावि सामुदायिक विद्यालयको भौतिक संरचना तथा शिक्षाको गुणस्तरबारे महानगरप्रमुख शाक्यले जानकारी लिदै विद्यालयमा गुणस्तरीय शिक्षा दिन आग्रह गरेका थिए । त्यस्तै बाल व्यवसायी केन्द्रीय विद्यालय सिफलमा समेत शिक्षाको गुणस्तर कस्तो छ भनी उनी सहितको टोलीले अनुगमन गरेका थिए । सिफल चौरलाई खेलकुद ग्राउण्ड बनाउने र छेउको भागमा पार्क समेत निर्माण गर्न आवश्यक रहेको महानगर प्रमुख विद्यासुन्दर शाक्यको भनाई रहेको थियो ।

स्थलगत अवलोकनमा सडक निर्माणका काम कहाँ कसरी भएका छन् ? ढललाई कसरी व्यवस्थित गर्ने ? जथाभावी रहेका बत्तिका तारहरुलाई कसरी व्यवस्थापन गर्ने लगायतका विषयमा स्थानीयसँग छलफल गरिएको थियो ।

अनुगमनमा विभिन्न स्थानीय टोल सुधार समिति, युवा क्लबका प्रतिनिधी, ज्येष्ठ नागरिक समाज, मैजु हाईट सडक निर्माण अनुगमन समितिका पदाधिकारी लगायत स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्