दोश्रो विवाह गर्दै चर्चित हाँस्यकलाकार मनोज गजुरेल !



०८ पुष २०७६, काठमाडौँ

हाँस्यकलाकार मनोज गजुरेल अहिले नेपालकै पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनको जजको रुपमा छन् । त्यहाँ उनले नेपालको कमेडी क्षेत्रमा लागिरहेका नवप्रतिभाहरुलाई गाइड गर्दैछन् ।   गत सोमबार प्रसारित कार्यक्रममा  मनोज गजुरेलले आफूले दोश्रो विवाह गर्ने खुलासा गरेका छन् ।

कार्यक्रमको शुरुवातमा टप १५ बाट बाहिरिएका प्रतिस्पर्धी खड्गबहादुर पुन मगरले वाइल्ड कार्ड इन्ट्रीको लागि आफ्नो प्रस्तुती दिए । प्रस्तुतिको क्रममा उनले भर्खरै विवाह गरेकी जज ऋचा शर्मालाई आफ्नो विवाहमा नबोलाएकोमा व्यङ्ग्य गर्दै थिए ।  उनले जज शर्मालाई पहिलो विवाहमा नबोलाए पनि दोश्रो विवाहमा बोलाउनु भन्दै व्यङ्ग्य गरे । यसै प्रसङ्गमा मनोज गजुरेलले हत्त न पत्त भने, ‘ऋचाले नबोलाए पनि म बोलाउँछु बाबु ।’

दुई वर्षअघि गजुरेलले श्रीमती मीना गजुरेलसँग डिभोर्स गरेका थिए । उनीहरुले एकअर्कासँग सममतिमै डिभोर्स गरेका थिए । उनले दोश्रो विवाह गर्ने भन्दै प्रस्तुतिको क्रममा भनेपनि वास्तविकतामा भने खुलाएका छैनन् । यद्यपि उनले दोश्रो विवाह गर्ने संकेत गरेको हुनसक्ने धेरैको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्