समाजवादी पार्टीले गर्‍यो सरकार छाड्ने निर्णय



०८ पुष २०७६, काठमाडौं

डा. बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ।

केहीबेरअघि बसेको पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको स्रोतले जनाएको छ। समाजवादीबाट सरकारमा प्रतिनिधित्व गरेका दुई मन्त्रीले आजै राजीनामाको घोषणा गर्ने छन्।

सरकारमा समाजवादीबाट उप–प्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा उपेन्द्र यादव र शहरी विकासमन्त्रीमा मोहम्मद इस्तियाक राई रहेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यादवले संविधान संशोधनको प्रस्ताव लगेका थिए। प्रधानमन्त्रीले प्रस्ताव अस्वीकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्