नांगो शरीरमा ‘रगत’ पोखेर गरिएको अनौठो आन्दोलन !



०८ पौष २०७६, काठमाडौं

विश्व पशुपंक्षी अधिकार दिवस अधिकांश देशमा विभिन्न कार्यक्रम गरी मनाइयो । स्पेनमा मनाइएको जनावर दिवसले भने धेरैलाई चकित तुल्यायो ।

यो दिवस मनाउने क्रममा पशुपंक्षीलाई काटमार गर्ने कामको विरोध गर्दै ७० जना अभियन्ताहरु नांगै सहरमा सुते । नांगो शरीरमा नक्कली रगत पोखेर उनीहरुले बार्सिलोना सहरमा विरोध जनाएका हुन् । डेलीमेलका अनुसार ‘ब्ल्याक फ्राइडे’ को रुपमा क्याटालोनिया स्क्वायरमा उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।

जुन भिडियो फूटेज सामाजिक सञ्जालमा  व्यापक ‘शेयर’ गरिएयो । हरेक वर्ष हजारौं पशुपंक्षीको हत्या तथा दुव्र्यवहारलाई रोक्नुपर्ने उनीहरुको माग  थियो। यस्तो अनौठो विरोध प्रदर्शनको कार्यक्रम पशु अधिकार संस्था ‘अनिमा नेचुरलीस’को आयोजनामा भएको थियो ।

प्रदर्शनको क्रममा उनीहरुले ‘पीडा आनन्ददायक हुँदैन’ भन्दै नारावाजी समेत गरेका थिए । भुवा तथा छाला उद्योगका लागि पशु हत्या जायज नभएको भन्दै उक्त संस्थाले आन्दोलनबारे ट्वीट समेत गरेको थियो ।

‘अनिमा नेचुरलीस’का अनुसार चीनमा लत्ताकपडाका लागि बिरालो र कुकुरको प्रयोग हुँदैआएको छ । साथै युरोपमा हरेक वर्ष भुवा तथा छाला प्रयोगका लागि ३ करोडभन्दा धेरै पशु नष्ट गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्