सीमा विवादमा वार्ता गर्ने भन्दै भारतले पठायो पत्र



०८ पौष २०७६, काठमाडौं

भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्वीकारर्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले विरोधमा कुटनीतिक नोट पठाउनुका साथै वार्ताको प्रस्तावसमेत गरेको थियो । नेपालको पत्रालाई एक महिनापछि भारतले रेस्पोन्स गरेको हो । यसै साता नेपालस्थित भारतीय दूतावासमार्फत सरकारलाई सम्बोधन गर्दै पठाइएको पत्रमा ‘कालापानी–सुस्ता क्षेत्रको समस्या सल्टाउन भारत तयार रहेको’ उल्लेख छ ।

वार्ताका लागि नेपालले यसअघि मितिसहितको प्रस्ताव गरेपनि भारतले पठाएको जवाफमा भने मिति उल्लेख छैन । पत्रमा ‘अपसी समझदारीमा उपयुक्त तिथिमा वार्ता गर्ने’ व्यहोरा छ । यसअघि दुवै पक्षले तय गरेको परराष्ट्र सचिवस्तरीय संयन्त्रबाटै यो विषय हल गर्ने भनिएको छ । नेपालले पठाएको पत्रमा पनि यही संयन्त्रलाई क्रियाशील बनाएर वार्ता अघि बढाउने उल्लेख थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतबाट पत्र आएको पुष्टि गरे पनि पत्र विवरणबारे उल्लेख गर्न चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्