नरिवलको रक्सी सेवन गर्दा ८ को मृत्यु, संयौ हस्पिटल भर्ना



०७ पुष २०७६, काठमाडौं

नरिवलको रक्सी सेवन गर्दा मनिलामा ८ जनाको मृत्यु भएको छ।

अन्य सयौं व्यक्ति अस्पताल भर्ना भएका समाचारमा जनाइएको छ। नरिवलको रक्सीमा मेथनल नामको पदार्थ अत्याधिक हुने भएकाले त्यसैको असरका कारण सेवनकर्ताको मृत्यु भएको हुनसक्ने चिकित्सकहरुको प्रारम्भिक बुझाइ रहेको जनाइएको छ।

राजधानी मनिलादेखि दक्षिण–पूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने ठाउँमा भएको सप्ताहन्त मनाउने क्रममा रक्सी सेवन गर्दा यस्तो घटना भएको समाचारमा उल्लेख छ।

घटनामा गम्भीर बिरामी भएका तीनसय जना अस्पताल भर्ना भएका छन्। उनीहरुको बिरामीको कारण एउटै देखिएको चिकित्सकको भनाई छ।

प्रतिक्रिया दिनुहोस्