सांसदको ब्यंग्य : अब प्याज स्वास्थ्यका लागि हानिकारक छ !



०७ पुष २०७६, काठमाडौं

राष्ट्रियसभाको सोमबारको बैठकमा प्याजकोे अनियन्त्रित मूल्यवृद्धिलाई लिएर सांसदले ब्यंग्य गरेका छन्।

सांसद रामपृत पासवानले प्याजको मूल्यवृद्धिमा ब्यंग्य गर्दै भनेका छन्, अब प्याज खानु स्वास्थ्यका लागि हानिकारक छ भनेर जनहितमा एउटा सूचना जारी गर्नुपर्यो भनेर माग गरेका छन् ।

साथै पासवानले भनेका छन्, यस्तो लेख्नुबाहेक हामीसँग केही विकल्प रहेन। नेपाली जनताले प्याज खानसक्ने अवस्थाका छैनन् । प्याजको मूल्य आकाशिएको छ । त्यसैले त्यो सूचना जारी गरिदियो भने चित्त बुझाउछन् जस्तो लाग्छ।’उनले जनता महंगीको मारमा पर्दा सरकार मस्तीमा रमाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्