
०७ पुस २०७६, सिन्धुली/बलवीर भुजेल
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को राष्ट्रिय भेला आजदेखि सिन्धुलीमा सुरु भएको छ ।
“संचारमा समावेसीता – कानुन चाहियो, ब्याबारमा पनि !” भन्ने मुलनारका साथ सिन्धुलीको खनिखर्क स्थित चेतना भिलेज रिर्सोटमा सुरु भएको राष्ट्रिय भेलाको पहिलो दिन आदिवासी जनजातिको सवाल र संचार माध्यमको भूमिका बिषयमा अन्र्तक्रिया गरिएको छ ।
कार्यक्रममा नेपाल सरकारका न्युनतम पारिश्रमीक निर्धारण समितीका अध्यक्ष गंगाधर पराजुलीले श्रमजिवि पत्रकार ऐन २०५१ र न्युनतम पमरिश्रमिकको कार्यन्वयमा मिडिया संचालकाका समस्या बिषयमा जानकारी गराउनु भएको थियो । संचारमाध्यमहरु खोल्नेहरले पनि बिभिन्न चुनौतिहरु सामाना गर्नु परेको छ । सरकारको ऐन कानुमा भएको जटिलताको कारणले गर्दा मिडिया संचालन गर्न गाह्रो परेको बताउनुभयो । जसका कारण मिडिया टिकाउन र पत्रकारहरुको पारिश्रमिक दिन सकेको छैन । नयुनतमा पारिश्रमिक समितीले पारिश्रमिक बृद्धि गर्ने र तोक्ने काम गरेको छ, ठूला मिडियामा एकमुष्ट २५ प्रतिशत बृद्धि गरेको भने, साना मिडियमा न्युनतम १७ हजार ६ सय २५ रुपैया कायम गरेको बताउनुभयो । पराजुलीले मिडियामा काम गर्ने पत्रकारहरुले आफ्नो न्यूनतम पमरिश्रमिक नपाउँदा जिविका संचालन गर्न समेत गाह्रो परेको बताउनुभयो । जुन मिडियामा काम गर्नुहुन्छ त्यहि मिडियाको माध्यमबाट जनजातिहरुको सवालका आवाज उठाउन आग्रह समेत गर्नुभयो ।
पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले नेपाली पत्रकारीतको बर्तमान अवस्था नेपाल सरकारले जारी गरेको मिडिया काउन्सिल बिधेयकले गरेको ब्यबस्था लगाएका बिषयमा जानकारी गराउनुु भएको थियो । पत्रकारहरुमा पनि आदिवासी जनजाति पत्रकारहरुको समस्याहरुलाई संस्थागत रुपमा समाधान गर्न पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।
नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष नविन रोका मगरले आदिवासी, जनजाति पत्रकारहरुको संचार माध्यममा समान पहुँच नहुनु, समाचार सम्प्रेषणमा समेत भेदभाव भईरहेको बताउनुभयो । आदिवासी जनजातिहरुको आत्मसमान हुनेगरी व्यबहार गर्न आग्रह गर्नुभएको छ । यदि जनजातिहरुलाई बिभेदकारी व्यबाहार गर्दै जाने हो भने, संर्घषमा उत्रन तयार रहेको बताउनु भएको छ ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, नेपाल आदिवासी जनजाति युवा महासंघ, महिला महासंघ, बिभिन्न प्रतिष्ठान लगायतका सदस्यहरुको सहभागिता रहेको थियो ।





