७० भन्दा बढी विदेशी काठमाडौंमा पक्राउ, अधिकांश चिनियाँ



०७ पुष २०७६, काठमाडौं

गैर–कानुनी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले करिब ७० जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

भिजिट भिसामा नेपाल आई यहीँ कार्यालय खोलेर गैरकानुनी गतिविधि गरेको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

‘विशेष अपरेशन’नै चलाएर परिसरले सोमबार बूढानीलकण्ठ, मनमैजु, बाँसबारीलगायत ठाउँबाट विदेशी नागरिक पक्राउ गरेको हो। ‘७० जनाभन्दा बढी नागरिक पक्राउ परेका छन्। उनीहरूको गैरकानुनी धन्दाको विस्तृतबारे पछि जानकारी दिन्छौं,’ परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले भने।

पक्राउ परेकामा अधिकांश चिनियाँ नागरिक रहेको छन्। चिनियाँ नागरिक पछिल्लो समय बैंकको सिस्टम ह्याकिङ प्रकरणमा जोडिएपछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको छ।

प्रतिक्रिया दिनुहोस्