भोजपुरमा बलात्कारको आरोपमा वडा सदस्य राई पक्राउ..



०७ पुष २०७६, भोजपुर

भोजपुरमा बलात्कारको आरोपमा वडा सदस्य पक्राउ परेका छन् ।

हतुवागढी गाउँपालिका–६ हुम्सुमा बलात्कारको आरोपमा वडा सदस्य ३८ वर्षीय बालकुमार राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो ।

मंसिर १५ गते पीडितले उक्त घट्ना भएको भनी दिएको उजुरीका आधारमा बालकुमारलाई शुक्रबार पक्राउ गरेको प्रहरीको भनाइ छ ।

जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्