
०७ पुष २०७६, सुनसरी
सुनसरीमा ट्रकसँग एम्बुलेन्स ठोक्किँदा १ जनाको मृत्यु र ४ जना घाइते भएका छन् ।
नरसिंह गाउँपालिका–५ सुनसरी पुलमा सोमबार बिहान ना ७ ख ३५५३ नम्बरको ट्रकसँग १ च ४९६ नम्बरको एम्बुलेन्स ठोक्किएको हो ।
सो दुर्घटनामामा एम्बुलेन्समा सवार बिरामी उदयपुरको गढी नगरपालिका ५ का ५० वर्षीय चेतबहादुर विकको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका एम्बुलेन्स चालक, परिचालकसहित ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा भर्ना गरिएको छ । दुर्घटनामा संलग्न दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते ४ जनाकै अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।





