चाबहिल तनावग्रस्तः बसले ठक्कर दिएपछि छात्राको मृत्यु, बसमा आगजानी र तोडफोड



०७ पुष २०७६, काठमाडौं

काठमाडौं चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत एक छात्राको बसको ठक्करबाट मृत्यु भएको छ।

सोमबार बिहान शुकेधारा चोकमा बाटो काट्ने क्रममा पशुपति क्याम्पसमा अध्ययनरत छात्रा सृष्टि पन्तको बा ४ ख ५९३० नम्बरको गाडीले ठक्कर दिएपछि ओम हस्पिटल पुर्‍याइएकी उनको मृत्यु भएको हो।

हस्पिटलले उनलाई मृत्यु घोषणा भने गरेको छैन। घटनापछि रिसिएका विद्यार्थीहरुले अन्य गाडीमा आगजानी गरेका थिए। विद्यार्थीहरुले बा ४ ख ७१०१ नम्बरको बस लजाएका थिए भने, बा ३ ख ४४३३ नम्बरको बसका सिसा तोडफोड गरिदिएका थिए।

पन्तलाई ठक्कर दिने गाडी र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि प्रहरी र विद्यार्थीबीच केहीबेर झडप समेत भएको थियो।

झडपका क्रममा केही विद्यार्थी घाइतेसमेत भएका थिए।

प्रतिक्रिया दिनुहोस्