जेलभित्र कैदीबन्दीबीच झडप, १८ जनाको मृत्यु, १६ जना घाइते



०७ पुष २०७६, काठमाडौं

जेलभित्र भएको झडपमा परी होन्डुरसमा कम्तीमा १८ जना कैदीको मृत्यु भएको छ।

कैदी–कैदीका बीचमा भएको झडपमा परी १६ जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन्। उत्तरी बन्दरगाह सहर तेलामा रहेको कारागारमा शुक्रबार कैदीहरूका बीचमा झडप भएको जनाइएको छ। घटनास्थल राजधानी तेगुसिगाल्पादेखि १९० किलोमिटर टाढा पर्छ।

राष्ट्रपतिका एक सहयोगीले कारागार प्रणालीलाई आफूहरूले पुनःसंरचना गर्न लागेको बताएका छन्। उनले त्यसका लागि हस्तक्षेप गर्न आवश्यक भएको धारणा राखे।होन्डुरसका कारागारहरूमा भीडभाडका साथ २१ हजार कैदीलाई राखिएको अधिकारीहरूले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्