प्रधानमन्त्री मोदीद्वारा विवादास्पद नागरिकता कानूनको बचाउ



०६ पुष २०७६, काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर भइरहेको विरोध प्रदर्शनबीच नयाँ नागरिकता कानूनको बचाउ गरेका छन्।

‘हामीले सताइएका मानिसहरूलाई सहयोग गर्न यो विधेयक पारित गरेका हौं’ उनले दिल्लीमा एक र्‍यालीमा भनेका छन्। ‘हामीले भारतका सांसदहरू र संसद्‍को सम्मान गर्नुपर्छ।’

मुसलमानविरोधी भनी आलोचना भएको सो कानुनको विरोधमा भएका प्रदर्शनका क्रममा भएका झडपमा २० जनाभन्दा बढीको मृत्यु भइसकेको छ। प्रहरीले प्रतिबन्ध लगाएपनि प्रदर्शनकारीहरू सडकमा उत्रिरहेका छन्।

भारतीय प्रहरीले हजारौँलाई हिरासतमा लिइसकेको छ र कैयौँ स्थानमा इन्टरनेट बन्द गरिएको छ। सो कानूनको छिमेकी तीन देशका गैरमुसलमान गैरकानुनी आप्रवासीलाई भारतीय नागरिकता प्राप्त गर्नका लागि सहजता दिएको छ।

प्रतिक्रिया दिनुहोस्