विप्लव समूहद्वारा गाउँपालिका अध्यक्षको अपहरण



०६ पुष २०७६, काठमाडौं

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले गाउँपालिका अध्यक्षको अपहरण गरेका छन्।

विप्लव समूहका कार्यकर्ताले दैलेखस्थित ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई अपहरण गरेका हुन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विष्णु रिजालले अध्यक्ष शाहीलाई मध्यरातमा आफ्नै घरबाट विप्लव समूहका कार्यकर्ताले अपहरण गरी लगेको जानकारी दिएका छन्।

रिजालका अनुसार अध्यक्ष शाहीलाई अपरहण गरी बिजारेको जंगल हुँदै कालीकोटको भर्तातिर लगिएको छ। उनले गाउँपालिका अध्यक्ष शाहीलाई अपहरण मुक्त गराउन गृहसचिव, सुर्खेतका डिआइजी, दैखेलका डिएसपीसँग सहकार्य भइरहेको पनि जानकारी दिएका छन्।

शाही नेकपाका जिलला कमिटी सदस्य पनि हुन्। रिजालका अनुसार विप्लव समूहले उनीसँगै इला मल्ल शाहीलाई पनि अपहरण गरेका हुन्। आईतबार बिहान फेसबुकमा स्टाटस लेख्दै रिजालले यससम्बन्धमा जानकारी गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्