नेकपा स्थायी कमिटी बैठक शुरु



०६ पुष २०७६, काठमाडौं

गत आईतबारदेखिप शुरु भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (आईतबार) सम्पन्न हुने भएको छ।

बैठक ११ बजेदेखि शुरु भएको हो। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदन र महासिचव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव माथिको सुझावका आधारमा परिमार्जन, विधान संशोधनबारे थप स्पष्ट हुनुपर्ने भएकाले आईतबार समापन हुने गरी शनिबारको स्थायी कमिटी बैठक स्थगित गरिएको थियो।

नेकपाको स्थायी कमिटी बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव अनुमोदन गर्नुका साथै आगामी पुस २० गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय समेत गरेको छ। केन्द्रीय समिति बैठकमा राजनीतिक एजेण्डा र विधान संशोधनलगायतका विषयमा छलफल हुने एक सचिवालय सदस्यले बताए।

नेकपाको स्थायी कमिटी बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएका थिए। अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको राजनीतिक प्रतिवेदनमा स्थायी कमिटी सदस्यहरुले विभिन्न प्रश्न उठाएका छन्। सरकारको आलोचना र मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)का विषयमा प्रचण्डले शनिबार मध्यमार्गी जवाफ दिएका थिए।

इण्डो प्यासिफिक रणनीतिअनुसार नै एमसिसी कार्यक्रम भएमा सरकार र पार्टीले स्विकार नगर्ने बैठकमा प्रचण्डले जवाफ दिएका थिए। पार्टी एकतापछि गुटबन्दी गर्ने र पार्टी अनुशासन पालना नगर्नेलाई कारबाही गर्नेसम्मको चर्चा स्थायी कमिटी बैठकमा चलेको छ।

प्रतिक्रिया दिनुहोस्