चिसोमा झाडापखालाको जोखिम



०६ पुष २०७६, काठमाडौं

-पाँच वर्षमुनिका बालबालिकामा रोटा भाइरसविरुद्धको खोप लगाउनुपर्दछ।

-जाडो मौसममा सरुवा रोगको संक्रमण बढी नै हुने भएकाले सरसफाइमा उत्तिकै ध्यान दिनु पर्दछ।

-दिसा गरिसकेपश्चात् वा कुनै वस्तुको सम्पर्कमा आएपछि, खाना खानु वा बच्चालाई खुवाउनुअघि साबुन–पानीले अनिवार्य हात धुन आवश्यक छ ।

-काँचै खाइने फलफूल तथा तरकारी राम्ररी पखालेर मात्र प्रयोग गर्नुपर्दछ।

-खानेकुरा राम्ररी पकाएर मात्र खाने र छोपेर राख्ने बानीको बिकास गर्नुपर्दछ।

-बच्चालाई झाडापखाला लागेमा नरम र झोलयुक्त खानेकुरा खुवाइराख्नु पर्दछ।

-लामो समयसम्म पखाला लागेमा चिकित्सकको सल्लाह लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्