किन बढ्छ, जाडोमा जोर्नीको दुखाई?



०५ पुष २०७६, काठमाडौं

गर्मीभन्दा बढी जाडोमा अस्वस्थ व्यक्तिहरु प्रभावित हुने गर्दछन्। चिसो बढेसँगै कतिपयः व्यक्तिहरुको जोर्नीको दुखाई पनि बढ्न सुरु गर्छ। चिसोको पारोसँगै दुखाई पनि उत्तिकै बढ्ने भएपश्चात् बिरामीलाई चिसो समय नआईदिए हुन्थ्यो जस्तो लाग्छ।

चिकित्सकहरुका अनुसार, बाहिरी तापमानमा उचाव–चढाव आएसँगै त्यसले मानिसको शरिरमा सिधैँ असर गर्दछ। तापमानमा कमी आएका कारण जोर्नीहरूको नसा संकुचन हुन्छ र त्यस भागमा रगतको तापक्रम घट्छ। जसका कारण जोर्नीहरू कडा र पीडादायी हुन्छन्। त्यसैले, केही सावधानी अपनाएर यो समस्याबाट बच्न सकिन्छ।

चिकित्सकहरुका अनुसार, चिसो मौसममा हाम्रो मुटुको वरिपरि रगतको तापमान कायम गर्नु आवश्यक हुन्छ। तापमान सही नभए यसले शरिरका अन्य भागमा रगतको आपूर्ति घटाइदिन्छ। जब छाला चिसो हुन्छ तब दुखाइको असर बढी महसुस हुन्छ। वैज्ञानिक भाषामा यसलाई ‘आर्थराइटिस’ भनिन्छ।

गठिया ‘आर्थराइटिस’ ले सामान्यतयः ४० वर्षभन्दा माथिका मानिसलाई प्रभाव पार्दछ। यो समस्याबाट विशेषगरी महिला बढी प्रभावित हुने गर्दछन्। सम्पूर्ण शरिरको भार घुँडामा पर्ने भएकाले गठियाको समस्या उत्पन्न हुने गरेको हो। चिकित्सकका अनुसार गठियाको समस्याले जोर्नीका साथ–साथै अन्य अंगमा पनि असर गर्दछ।

उमेर बित्दै जाँदा हड्डीबाट क्याल्सियम र अन्य खनिज पदार्थ आपूर्तिमा कमी हुँदै जान्छ। हड्डीहरू एकआपसबाट छुटिन जान्छन्। जब हामी बूढाबूढी हुन्छौं। तब लुब्रन्टले जोर्नीको बीचमा रहेको लचिलो र चिल्लो पदार्थ सुक्दै जान्छ। स्नायुको लम्बाइ र लचिलोपन पनि घट्छ। जसका कारण जोर्नीहरुमा दुखाइ बढ्छ।

पौष्टिक खानेकुरा खाएर जोर्नीहरूलाई स्वस्थ राख्न सकिन्छ। नियमित आसन वा योग गरेमा यो समस्याबाट मुक्ति पाउन सकिन्छ। गिद्धासन र प्राणायामले जोर्नीको दुखाईमा सहयोग गर्छन्। एउटै कुर्सीमा र कम्प्युटरको अगाडि घण्टौं बस्दा यो समस्याले सताउन सक्छ।

त्यसैले, जोर्नीहरुलाई स्वस्थ्य राख्न लामो समय एउटै आसनमा बस्नु हुँदैन। सन्तुलित खाना खाने, नियमित हिड्ने र केही समय व्यायाम गर्दा जोर्नीहरू बलियो राख्न सकिन्छ। व्यायाम र योग गर्नुअघि एकपटक विशेषज्ञसँग सल्लाह लिनु राम्रो हुन्छ।

कार्यालयमा लामो समयसम्म एउटै सिटमा बस्नु हुँदैन। हरेक आधा घण्टा वा एक घण्टाको फरकमा हिड्डुल गर्नुपर्दछ। महिलाले अग्लो हिल जुत्ता लगाउनु हुँदैन। हिल जुत्ता लगाउँदा कम्मरको साथै घुडा र जोर्नोको दुखाइ बढाउँछ।

प्रतिक्रिया दिनुहोस्