जाडोमा मर्निङ वाक खतरापूर्ण



०५ पुष २०७६, काठमाडौं

निरोगी रहनका लागि शारीरिक व्यायम, मर्निङ वाक र योगा गर्नु राम्रो मानिन्छ। तर चिसोयाममा बाहिरी वातावरणमा मर्निङ वाक जस्ता क्रियाकलाप स्वास्थ्यका लागि हानिकारक मानिन्छ।

सामान्य तापक्रम ८ देखि १६ डिग्री सेल्सियस हुँदा राम्रो मौसम र स्वच्छ वातावरणमा शारीरिक व्यायम, मर्निङ वाक वा योगा गर्नु स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ। तर ८ डिग्री सेल्सियस भन्दा कम तापक्रम भएमा यस्ता क्रियाकलाप गर्न नहुने चिकित्सकहरु बताउँछन्।

चिकित्सकहरुका अनुसार, काठमाडौंको धुवाँ धुलो र मौसमलाई नियाल्ने हो भने बिहान मर्निङ वाक गर्नु लाभदायक मानिदैन। काठमाडौंको वातावरण धेरै प्रदुषित बनि सकेको छ। आँखाले देख्न नसकिने साना धुलोको कणहरु हावामा उडिरहेका हुन्छन्। तुषारो पर्ने समय वा जाडोयाममा मर्निङ वाक गर्दा विभिन्न जिवाणु भाइरसहरु हावामा तैरिएर रहेका हुन्छन्। ति भाइरसहरुले मानिसलाई छिटै संक्रमण गरि सुरुमा रुघाखोकि लागेर बिस्तारै फोक्सोमा समेत समस्या निम्त्याउन सक्छ।

दम भएका व्यक्तिले चिसोमा बिहान मर्निङ वाक गर्दा एक्युट अवस्थामा पुर्याउन सक्छ। चिसोसँगै धुलो, धुँवाको कण हावामा तैरिएको हुँदा जिवाणु संक्रमणको प्रवेशले एक्युट अवस्थामा पुर्याउन सक्छ। साथै मुटुको समस्या भएको व्यक्तिले पनि यस्ता क्रियाकलाप गर्नु खतरनाक मानिन्छ।

चिकित्सकहरुका अनुसार, चिसोयाममा पनि मर्निङ वाक गर्नु नै छ भने उचित मास्कको प्रयोग गर्नुपर्छ। यसो गर्दा संक्रमणबाट जोगिन सकिन्छ। शरिरलाई उर्जावान बनाउनका लागि गरिने शारीरिक व्यायम, मर्निङ वाक वा योगा समय अनुकुल बनाउन सके स्वस्थ रहन सकिन्छ। त्यसैले, एकदमै चिसो भए मर्निङ वाक नर्गनु नै राम्रो मानिन्छ।

प्रतिक्रिया दिनुहोस्