आगोमा जलेर मृत्यु



०५ पुष २०७६, काठमाडौं

गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ।

इस्मा गाउँपालिका ३ तोरीपाटाका ४५ वर्षीय नरबहादुर नेपालीको मृत्यु भएको हो। स्थानीय चिन्ता बहादुर सार्कीको गोठमा सुतेका नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

गएराति स्थानीय चिन्ता बहादुर सार्कीको गोठमा आगलागी भएको र उक्त आगोमा जलेर उनको मृत्यु भएको प्रहरीले जानकारी जनाएको छ। आगलागीबाट गोठमा रहेका भैंसी र गोरुहरु पनि जलेका बताइएको छ।

घटनाबारे थप अनुसन्धानको लागि प्रहरी निरीक्षक चुरामणी पुनको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।

सांकेतिक/फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्