
०५ पुस २०७६, काठमाडौं
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि बूढानीलकण्ठ–टोखा नगरपालिकाको संयुक्त रुपमा समिति गठन भएको छ ।
प्रदेश नं ३ का सांसद दिपक निरौलाको संयोजनमा बिहिवार बूढानीलकण्ठ विद्यालयको सभाकक्षमा भएको भेलाबाट प्रदिप डंगोलको संयोजकत्वमा २२ सदस्यीय समितिको गठन गरिएको हो भने भेलाले १५ सदस्यीय सल्लाहकार समेत चयन गरेको छ ।
नवगठित समितिका सदस्यहरु:
राधेश्याम भण्डारी (बूनपा ६)
जया बराल (बूनपा (बूनपा ७)
प्रमोद खड्का (बूनपा ७)
दोर्जे तामाङ् (बूनपा ५)
दावा लामा (बूनपा ५)
राजु खड्का (बूनपा४)
प्रभाकर धिताल (बूनपा ३)
मनोज श्रेष्ठ (बूनपा ३)
दिपक जोशी (टोनपा २)
राष्ट्रमान श्रेष्ठ (टोनपा २)
देवाराज डंगोल (टोनपा २)
समिर श्रेष्ठ (टोनपा २)
राधेश्याम श्रेष्ठ (टोनपा ३)
प्रदिप पोखरेल (टोनपा ३),
विनोद सिलवाल (साईकल राईडर)
धु्रव प्रसाद घिमिरे (परिवर्तन खबर)
पुण्यराज पुडासैनी (कपन अनलाइन)
आशिष गुराँगाई (काठमाडौँ खबर)
विकास तामाङ् (बुलकण्ठ सञ्चार गृह)
सुबिन्द्र श्रेष्ठ (न्युज अफ टोखा) रहेका छन् ।

उक्त समितिको सल्लाहकारमा सुनिल शाक्य, बालकृष्ण श्रेष्ठ, केशव पाठक, अर्जुन पाण्डे, नर प्र.धिताल, के.पि. गौतम, टंक गौतम, खेम घिमिरे, नारायण भाई श्रेष्ठ, नारायण तिमिल्सिना, दिपक बानिया, सत्यनारायण डंगोल, रविन अधिकारी, होमनाथ आचार्य र मोदराज पाण्डे लगायत रहेका छन् ।
नवगठित कमिटिमा जनप्रतिनिधि, राजनैतिक ब्यक्तित्व, सञ्चारकर्मी स्थानीय, सञ्चार माध्यम, विद्यालय तथा पर्यटन व्यवसायीहरु लगायत बौद्धिक व्यक्तिहरु समेटिएको सांसद निरौलाले जानकारी दिएका थिए ।

बूढानीलकण्ठ र टोखा नगरपालिकाका प्राकृतिक, धार्मिक, साँस्कृति तथा ऐतिहासिक सम्पदामा धनि स्थलभएकोले यसको प्रवर्द्धनका लागि स्थानीय सरोकार व्यवसायी तथा सञ्चार माध्यमसँग मिलेर दीगो पर्यटन विकास योजना अगाडि बढाउने यस समितिको मुख्य उद्देश्य रहेको सांसद निरौलाले जनाएका छन् ।
साथै नेपाल भ्रमण वर्ष स्वागतार्थ पुष १६ गते (२०२० जनवरी १)मा वाकाथन समेत हुने भएको छ । बूढानीलकण्ठ मन्दिर परिसरबाट शुरु भई टोखाको चण्डेश्वरी मन्दिर, सपनतीर्थ मन्दिर हुँदै साँस्कृतिक नगरी टोखाको भ्रमण पश्चात टपलाछिमा पुगेर सो पदयात्रा समेत जानकारी गराईएको थियो ।





