गुल्मीमा आगलागी हुँदा एक जनाको मृत्यु



०५ पुस २०७६, काठमाडौं

गुल्मीको इस्मा गाउँपालिका–३ स्थित नयाँ पोखरामा आज राति एक गोठ जल्दा एक जनाको मृत्यु भएको छ ।

वडा अध्यक्ष तोयानाथ सापकोटाले गोठ जल्दा स्थानीय ४५ वर्षीय नरबहादुर नेपालीको मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार स्थानीय चिन्ताबहादर नेपालीको गोठमा नरबहादुर राति आएर सुतेका थिए ।

राति गोठ जल्दा गोठमा बाँधिएका एक हल गोरु र एउटा भैंसीसमेत जलेका छन् ।

प्रतिक्रिया दिनुहोस्