उपचारको लागि प्रचण्ड पत्नी रामदेवको आश्रममा



०४ पुष २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचारका लागि भारतको हरिसिद्धिस्थित बाबा रामदेवको आश्रम पुर्याइएको छ।

लामो समयदेखि अस्वस्थ सीतालाई आयुर्वेदिक पद्धतिमार्फत् उपचारका लागि बाबा रामदेवको आश्रममा लगिएको उनकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत् बताएकी छिन्।

पार्किन्सस जस्तो देखिने ‘पीएसपी’ भन्ने रोगबाट पीडित सीताको यसअघि अमेरिका लगायतका देशमा पुर्याएर उपचार गराइएको भए पनि रोग निको नभएपछि आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गर्न त्यहाँ पुर्याइएको हो।

सीताको साथमा छोरी गंगाका साथै नेकपा नेता मातृका यादव र उनकी पत्नी पनि छिन्।

तस्वीर श्रोतः गंगा दाहाल

प्रतिक्रिया दिनुहोस्