कुपोषणबाट कसरी जोगाउने बालबालिकालाई?



०३ पुष २०७६, काठमाडौं

शरिरलाई आवश्यक खाना र पोषक तत्वको अभावमा शरिर कमजोर हुने गर्दछ। यसले बच्चा दुब्लो–पातलो हुने र रोगको संक्रमण छिटै हुने समस्या निम्त्याउँछ। बच्चालाई पर्याप्त स्तनपान गराउन जरुरी हुन्छ।

यसले साना बच्चाको पोषणमा निकै सहयोग गर्दछ। बच्चाको नियमित हेरचाह जरुरी छ। उनीहरूलाई नियमित ताजा फलफूल, हरियो सागसब्जी, प्रोटिनयुक्त खानेकुरा खुवाउनुपर्दछ।

कतिपयः बच्चामा विभिन्न रोगको संक्रमणबाट समेत कुपोषण भइरहेको हुन्छ। बालबालिकाको नियमित स्वास्थ्य परीक्षण नगराउँदा, सरसफाइमा ध्यान नदिँदा यस्ता समस्या देखिन्छन्। खासगरी, विकट क्षेत्र वा स्वास्थ्यसम्बन्धी चेतना कम भएका ग्रामीण क्षेत्रका बालबालिका यस्तो समस्याबाट प्रभावित हुन्छन्।

पोषणसम्बन्धी ज्ञान नहुँदा धेरैमा कुपोषणको समस्या हुने गरेको पाइन्छ। खासगरी बजारको खानेकुरा, जंकफुड इत्यादि बढी खुवाउने प्रवृत्ति, पोषणको नाममा बाँडिने प्याकेटको खानेकुराले समेत कुपोषण बढाएको पाइन्छ ।

कुपोषणका कारण बालबालिका छिटै रोगी हुने, शरिरको तापक्रम एकदमै कम हुने समस्या देखिन्छन्। खासगरी, बच्चाको शारीरिक तथा मानसिक विकासमा बाधा पुग्छ।

समयमा नै उपचार सम्भव नभए अकालमा मृत्यु हुने सम्भावना उच्च रहन्छ। त्यसैले, बच्चालाई कुपोषणबाट जोगाउन उनीहरूको पर्याप्त हेरचाह गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्