ओली–देउवाबीच भेटवार्ता



०३ मंसिर २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

उनीहरुबीच बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। समसामयिक विषयमा कुराकानी गर्न प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटवार्ता गरेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘यो नियमित भेटघाट हो,’ उनले भनेका छन्। सभापति देउवा केन्द्रीय सदस्य रमेश लेखकलाई लिएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए। त्यसअघि प्रधानमन्त्री ओलीले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि कुराकानी गरेका थिए।

सभापति देउवासँगको भेटमा प्रचण्ड र रक्षामन्त्री पोखरेल भने उपस्थित थिएनन्।

प्रतिक्रिया दिनुहोस्