जिप दुर्घटनामा ३ जनाको मृत्यु



०३ पुष २०७६, काठमाडौं

उदयपुरमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्य भएको भएको छ।

जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नं ३ मा भएको भारतीय जिप दुर्घटना हुदाँ तीनजनाको घटना स्थलमै मृत्यु भएको हो। भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जिप पल्टिदाँ उदयपुरगढी गाउँपालिका ३ का ६० वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठको ज्यान गएको हो।

भारतको सिक्किममा बसोबास गर्ने आफन्त भेटघाट गरि फर्कने क्रममा जिप दुर्घटनामा भएको बताइएको छ। बिहान ७ः३० को समयमा भएको दुर्घनामा परि अन्य ५ जना घाईते भएका छन्।

तीन जना गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको छ भने दुई जनाको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको स्थानीय प्रहरीले जनाएको छ। नयाँ बाटो र बाँक्लो हुस्सुको कारण दुर्घटना भएको हुन सक्ने जनाइको छ।

प्रतिक्रिया दिनुहोस्