
०२ पुष २०७६, काठमाडौं
वीरगन्जमा सौताका छोरा-छोरीलाई तरकारीमा बिष हालेर खुवाउँदा कान्छी आमाको आफ्नै मृत्यु भएको छ ।
सौताका छोरीसँग सामान्य झगडा भएको निउमा कान्छी आमाले तरकारी पकाउँदा बिष हालेर खुवाउँदा परिवारका पाँच सदस्य सिकिस्त बिराम भएका छन् । झगडाको आक्रोशमा कान्छी आमाले राती खाना पकाउने क्रममा तरकारीमा ‘अल्मुनियम फस्फेट’ नामक विषादी हालेकी थिइन्। विषादी हालेर पकाइएको तरकारी कान्छी आमा (राधिका) आफैले पनि खानुका साथै परिवारका सदस्यलाई पनि खुवाएकी थिइन्।
विषादी हालिएको तरकारी खाँदा राधिकाको छोरा ३ वर्षीय विवेककुमार तथा सौताका छोरा २० वर्षीय राकेश पटेल, १७ वर्षीय विकास पटेल र १४ वर्षीय विशाल पटेल र छोरी १६ वर्षीया मनिषा पटेल सिकिस्त छन् ।बिरामी पाँचजनाको वीरगन्जको नेशनल मेडिकल कलेजको सघन उपचार कक्ष (आइसीयु) मा राखेका छन् ।
घरमा विषादी हालेर पकाइएको तरकारी खाएलगत्तै गम्भीर बिरामी परेका राधिकासहित परिवारका ६ जनालाई उपचारका लागि वीरगन्जको तराई हस्पिटलमा पुर्याएको थियो । हस्पिटलमा उपचारको क्रममा कान्छी आमा (राधिका) को मृत्यु भएको प्रहरीले बताएका छन् ।





