महिलाको नेतृत्वमा पशुपति स्थित बनकाली क्षेत्रको सरसफाई सम्पन्न



०२ पुष २०७६, काठमाडौं

पशुपति क्षेत्रविकास कोष संचालक समिति सदस्य तथा सफाई/सुरक्षा समितिको संयोजक आशा पाण्डेको नेतृत्वमा पशुपति स्थित बनकाली क्षेत्रको सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।

भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै पशुपति क्षेत्र वरिपरि स्वच्छ र सफा राख्नलाई यो कार्यक्रम राखेको संचालक समिति सदस्य आशा पाण्डेको भनाई थियो । आन्तरिक तथा बाह्य पर्यटकहरु विभिन्न स्थानबाट घुम्न आउदा उनीहरुलाई समेत आनन्द महशुस होस् भनी कोषका महिला कर्मचारीहरुले सरसफाई कार्यक्रम अयोजना गरिएको समेत उनले बताईन् ।

त्यतिमात्र नभएर पशुपति क्षेत्रविकास कोषलाई कसरी सफा राख्ने र कोषका कर्मचारीलाई कसरी आफ्नो काम प्रति जिम्मेवार बनाउन सरसफाई कार्यक्रम गरिएको बताईन् ।

पशुपति क्षेत्र विकास कोष भित्ररहेको बनकाली क्षेत्रमा गेट नभएका कारण जोसुकैले भित्र जान सक्ने भएका कारण शौचालयकै रुपमा समेत प्रयोग गरिएको देखिन्थ्यो । त्यसमा किन यस्तो वास्ता विहिन भयो भनेर प्रश्न गर्दा सोही ठाउँमा गेट हाल्न समेत पहल गर्ने संचालक समिति सदस्य पाण्डेको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्