भैंसी अपहरण गरेर अपहरणकारीले माग्यो लाखौं रुपैयाँ



०२ पुष २०७६, काठमाडौं

भारतको मध्य प्रदेशमा अनौठो घट्ना घटेको छ । एक मालिक अंगुरवाली हाडाको भैंसी चोरेर अपहरण गरेको छ ।

अपहरणकारीले भैंसीको मालिकनीसँग भैंसीको बदला लाखौँ रुपैयाँ फिरौती मागेका थिए। रातिको समयमा भैंसी मालिकनीलाई फोन गरी भैंसी अपहरणमा परेको छ रकम दिएपछि मात्र भैंसी फिर्ता हुने खबर गरेका थिए। मालिकनीले १ लाख ३५ हजार रुपैयाँ दिएर भैंसी फिर्ता लिएकी थिइन्।

उनको फर्मबाट फेरि ४ वटा भैंसी हराएका थिए। तर यस पटक भने उनी बदमासहरूका कुरा नसुनी सिधै प्रहरी चौकी पुगेकी छिन्। उनले भैंसी अपरणको मुद्दा दर्ता समेत गराइसकेकी छिन्।

समाचारमा जनाइएअनुसार प्रहरीले घटनाबारे अनुसन्धान गर्ने बताएको छ। भैंसी हराउन थालेपछि हाडाले आफ्नो फर्ममा सीसी क्यामेरा समेत जडान गरेकी छिन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्