
०१ पुष २०७६, सोलुखुम्बु
सोलुखुम्बुमा एक बालिका खोलाले बगाएर बेपत्ता भएकी छिन्।
सोताङ गाउँपालिका–४ स्थित रोककी १३ वर्षीय निर्मला भुजेललाई मंगलबार बिहान हुँगा खोलाले बगाएको सोताङबाट लाकधनी नाछिरिङले जानकारी दिइन्।
बिहान घरबाट भाउजुसँग स्वास्थ्य चौकी हिँडेकी निर्मालालाई खोला तर्ने क्रममा खोलाले बगाएको नाछिरिङ्गले बताएकी हुन्।अहिले प्रहरी तथा स्थानीयहरुको संलग्नतामा निर्मलाको खोजी कार्य भइरहेको बताइएको छ।





