पाकिस्तानी पूर्वराष्ट्रपतिलाई अदालतले सुनायो मृत्युदण्डको सजाय: के थियो मुद्दा?



०१ पुष २०७६, काठमाडौं

पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको आरोपमा अदालतले मृत्युदण्डको सजाय सुनाइएको छ।

लाहौर हाइकोर्टले यो फैसला सुनाएको हो।

के थियो मुद्दा?

इस्लामवादको विशेष न्यायालयले ३१ मार्च सन् २०१४ मा देशद्रोहको एक मुद्दामा पूर्व–सैनिक राष्ट्रपति जनरल (रिटायर्ड)परवेज मुशर्रफलाई अभियुक्त बनाएको थियो।

यससँगै उनी पाकिस्तानको इतिहासमा संविधान अवहेलनाको मुद्धा चल्ने पहिलो व्यक्ति भए। सन् २०१३ मा पाकिस्तानी मुस्लिम लिग (नवाज)सरकारमा आएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको थियो।

पाकिस्तानी पूर्वराष्ट्रपति मुशर्रफलाई अदालतले सुनायो मृत्युदण्डको सजाय

विशेष अदालतको प्रमुख चार पटक फेरियोः

विशेष अदालतले चार पटक प्रमुख फेर्‍यो। तर, मुशर्रफ एक पटक मात्र अदालतमा उपस्थित भए। जुनबेला उनीमाथि आरोप लागेको थियो। त्यसपछि उनी कहिल्यै अदालतमा उपस्थित भएनन्।

मार्च सन् २०१६ मा स्वास्थ्य कारण देखाएर उनी विदेश गए। सत्तारुढ पार्टी मुस्लिम लिग [नून]ले एक्जिट कन्ट्रोल लिस्टबाट उनको नाम हटाएको थियो। जसका कारण उनी देश बाहिर जान पाए।

प्रतिक्रिया दिनुहोस्